ललितपुर ।
रोटरी क्लब अफ सैबु भैसेपाटीको संयोजनमा राजधानीका तीनवटा रोटरी क्लबले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ को आब्हानमा रोटरी क्लब अफ सैबु भैसेपाटी, रोटरी क्लब अफ कमलादी र रोटरी क्लब अफ जावलाखेल मञ्जुश्रीले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो ।

ललितपुर महानगरपालिका–२५ ढुंगेधारा भैसेपाटीमा करिब २ सय वृक्षारोपण गरिएको थियो । रोटरी क्लब सैबु भैसेपाटीले अघिल्लो वर्षमा पनि सोही क्षेत्रमा वृक्षारोपण गरेको थियो । जलवायु परिवर्तको कारण गम्भीर असर परिरहेको अवस्थामा रोटरी इन्टरनेसनलको निर्देशनमा वातावरण जोगाउन जुलाई २६ को दिन नेपालभर वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा बोल्दै रोटरी क्लब ३२९२ का एजी श्रीप्रसाद गुरुङले रोटरी इन्टरनेशनलको निर्देशन अनुसार देशैभर वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताए । उनले हाम्रो जीवनरक्षा र वातावरण संरक्षण गर्न वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बताए । उनले रोटरी क्लबको वार्षिक कार्ययोजना अनुसार नियमित रुपमा वृक्षारोपण कार्यक्रम आयोजना हुने भएपनि जुलाई २६ लाई विशेष दिन मानेर देशैभर वृक्षारोपण कार्यक्रम आयोजना गरेको बताए ।

उनले वृक्षारोपण गर्ने तीनवटा क्लब धन्यवाद दिदै विशेष धन्यवादको पात्र रोटरी क्लब सैबु भैसेपाटी भएको बताए । वन तथा भु संरक्षण विभाग, वनबीउ प्रयोगसाला तथा भण्डारण केन्द्रका वन अधिकृत लालबाबु झाले रोटरी वन संरक्षण भएमात्र वातावरण संरक्षण सम्भव रहेको बताए ।
‘त्यसको निम्ति रोटरी क्लबले गरेको कामको प्रशंसा गर्दछु–उनले भने । वृक्षारोपण गर्नु केही महिनाअघि केन्द्रलाई जानकारी दिनुस,तपाईँहरूलाई आवश्यक पर्ने बिरुवा केन्द्रले उपलब्ध गराउनेछ–उनले भने । उनका अनुसार केन्द्रले कुन स्थानमा कस्तो बिरुवा लगाउँदा उपयुक्त हुन्छ भन्नेसम्मको अध्ययन र स्थान अवलोकन गरी बिरुवा उपलब्ध गराउन केन्द्र तयार रहेको बताए ।

रोटरी क्लब अफ कमलादीका अध्यक्ष युवक गौतमले रोटरी इन्टरनेशनल ३२९२ को आब्हानमा भएको वृक्षारोपण कार्यक्रम प्रभावकारी रहेको बताउदै आगामी दिनमा पनि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
जावलाखेल मञ्जुश्रीका पूर्वअध्यक्ष नागेस बस्नेतले वृक्षारोपण कार्यक्रमले वातावरणलाई स्वच्छ राख्न मद्दत पुग्ने बताए । उनले वातावरण संरक्षण गर्न रोटरी क्लबले हरेक वर्ष वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको बताए । भने–जुलाई २६मा देशव्यापी सम्पन्न कार्यक्रमले नेपालको रोटरी क्लबको पहिचान दिएको बताए । उक्त दिन देशैभर करिब ५० हजार वृक्षारोपण गरिएको अनुमान छ ।

कार्यक्रममा बोल्दै रोटरी क्लब सैबु भैसेपाटीका अध्यक्ष कर्णवीर थापाले वृक्षारोपण कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले पृथ्वी र वातावरण संरक्षण गर्न रोटरीको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले कार्यक्रममा सहयात्रीको रुपमा कमलादी र जावलाखेल मञ्जुश्रीलाई धन्यवाद दिए ।
कार्यक्रममा रोटरी क्लब सैबु भैसेपाटीका पूर्व अध्यक्ष एवं सर्भिस प्रोजेक्ट चियर मदन महतले कार्यक्रम सञ्चालन गरेका थिए । धन्यवाद दिदै रोटरी क्लब अफ सैबु भैसेपाटीका सचिव सावित्री पोखरेलले छोटो समयमा आयोजना गरेको कार्यक्रममा सक्रिय सहभागिता जनाउने सबैलाई धन्यवाद दिएकी थिइन् । बिरुवा उपलब्ध गराउने वनबीउ प्रयोगसाला तथा भण्डारण केन्द्रका अधिकृत लालबाबु झा, रोटरी क्लब इन्टरनेश्नल ३२९२ का एजी श्रीप्रसाद गुरुङ , जावलाखेल मञ्जुश्री र कमलादी रोटरीका पदाधिकारी, रोट्रयाक्ट लगायत सबैको सहभागिताको लागि आभार व्यक्त गरे ।

कार्यक्रममा प्रगति क्लबका अध्यक्ष श्यामराज लिम्बु, प्रहरी प्रभाग बुंगमतिका प्रहरी, रोटरी क्लब सैब भैसेपाटी, कमलादी र जावलाखेल मञ्जुश्रीको पदाधिकारीहरुको निरन्तर सहभागिताको अपेक्षा राखेका थिए ।
















प्रतिक्रिया