सिटामोल : कमेडीमा समाजको गहिरो कथा


जनैपूर्णिमाको अवसर पारेर आगामी साउन २३ गते रिलिजमा आउन लागेको फिल्म सिटामोलको रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ।

३ मिनेट २० सेकेन्डको ट्रेलरले हास्य रस, तिखा संवाद र सामाजिक व्यङ्ग्यको समिश्रणमार्फत दर्शकको ध्यान तानेको छ। ट्रेलरको शुरूआती दृश्यमा पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी बेवास्ताजस्ता यथार्थलाई हल्का कमेडी शैलीमा प्रस्तुत गरिएको छ। गाउ“ले परिवेशमा बसोबास गर्ने पात्रहरूको दैनिक संघर्ष र समस्यालाई हास्यात्मक ढंगमा चित्रण गरिएको ट्रेलरले फिल्मले मनोरञ्जनस“गै गहिरो सन्देश दिन खोजेको संकेत गर्छ।

मुख्य भूमिकामा रहेका सौगात मल्ल र बेनिशा हमालको सहज र प्रभावशाली अभिनय ट्रेलरको विशेष आकर्षण बनेको छ। उनीहरूसगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीलगायतले अभिनय गरेका छन्। श्रीकृष्ण र जानुकाले यही फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु पाएका हुन्।
राज बहादुर सानेद्वारा निर्देशित फिल्मले नेपाली समाजमा व्याप्त विडम्बना, भ्रष्टाचार र असमानतालाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरेको छ।

जुनतारा फिल्म्स्को सहकार्यमा तुल्सी देवी फिल्म प्रालीको ब्यानरमा सिमोस सुनुवारद्वारा प्रस्तुत तथा भूगोलकुमार कार्की र विकासराज जोशीद्वारा निर्मित फिल्ममा निर्देशक साने र प्रदीप भट्टाराईको कथा, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, दिव्य सुवेदीको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।
अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह–निर्माता रहेको फिल्मले ग्रामीण समाजको तीतो यथार्थलाई व्यङ्ग्य र हास्यको फ्रेममा प्रस्तुत गर्न खोजेको छ। फिल्मले दर्शकलाई हसाउ“दै सोच्न बाध्य पार्ने सिनेम्याटिक अनुभव दिने सम्भावना ट्रेलरले देखाएको छ।