लोकप्रिय हास्य कलाकार पल्पसा डंगोलले किर्तिपुर सिनेप्लेक्समा आयोजना गरिएको कार्यक्रममा आफूले तयार पारेका तीज गीत, भजन तथा टेलिशृंखला सिआइडीको प्रचार सामग्री सार्वजनिक गरेकी छन्।उनले पहिलोपटक सार्वजनिक गरेकी तीज गीत नाच्न मन लाग्योमा स्वर पनि उनकै रहेको छ। गीतमा पल्पसा आफै नाचेकी छन्। गीतमा हेमन्त भट्टराईको शब्द र संगीत, प्रविन थापाको नृत्य निर्देशन, विशाल परियारको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।
त्यस्तै, चम्सुरी भजन बोलको भजन पनि सार्वजनिक गरिएको छ। रेशम सापकोटाले लेखेको भजनको भिडियोको निर्देशन पल्पसाले गरेकी हुन्। यसमा राहुल राईले छायांकन गरेका छन् भने रोशन धितालले सम्पादन गरेका छन्।समारोहमा पल्पसाले गीतकार बालकृष्ण सजीव, गायक प्रोसेस पाण्डे, आफना भाइ अजु डंगोल र बुहारी सञ्जु डंगोललाई सम्मान गरेकी हुन्। उनले मृगौलाको समस्या भएपछि आफना भाइ र बुहारीको सहयोगमा मृगौला प्रत्यारोपण गर्न सफल भएकी थिइन्। सोही कारणले आफू फेरि कलाक्षेत्रमा फर्कन सकेको भन्दै उनीहरुप्रति आभार व्यक्त गरिन्। किर्तिपुर नगर प्रमुख कृष्णमान डंगोलले पल्पसालाई पहिले नृत्य क्षेत्रमा लाग्न सुझाव दिएको स्मरण गर्दै पल्ससाले आप्mनै मेहनतले करियर बिकास गर्दै किर्तिपुरको नाम अगाडि बढाएको बताए।
गायक प्रोसेस पाण्डे, नृत्य प्रशिक्षक राजु शाह, चरण प्रधान, र किर्तिपुरका वडाध्यक्षहरु सहभागी कार्यक्रममा पल्पसाले निर्माण गरेको टेलिशृंखला सिआइडी साउन १५ गते सार्वजनिक हुने जानकारी दिइन्। सार्वजनिक गरिएका सबै गीत, भजन र टेलिशृंखला चम्सुरी क्रियसनको युट्युब च्यानलमा हेर्न सकिने छ।











प्रतिक्रिया