देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं ।

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भए पनि मौसम बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा सामान्य बदली रहँदा केही स्थानहरूमा मध्यमदेखि भारी वर्षा हुनसक्ने सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। तराईका केही स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा हुन सक्नेछ।