बाढीले बगाएको मितेरी पुलमा साउन ११ गतेबाट बेलिव्रिज निर्माण कार्य प्रारम्भ गरिने 


रसुवा। 

गत असार २४ गते मङ्गलवार आएको बाढीका कारण बगाएको मितेरी पुलमा साउन ११ गतेबाट बलिब्रिज निर्माणको अैापचारिक कार्य प्रारम्भ गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार शनिवार  (साउन १० गते) प्रजिअ सहितको टोली निर्माण स्थलकाे अवलोकन भ्रमण भई दुवै देशका समकक्षीहरूविच भर्चुअल बैठक समेत सम्पन्न भएको थियो ।

नेपाल सरकार र चिन सरकार  बिच भएको समझदारी बमोजिम चिनियाँ पक्षले नेपाल सरकार र स्थानीय प्रशासनको समन्वयमा  साउन ११ गते वाट बेलिब्रिज निर्माणकाे अैापचारिक कार्य प्रारम्भ गर्ने जानकारी गराएकाे बताइएको छ ।प्रस्तावित बेलिब्रिजकाे यथासिध्र निर्माण  सम्पन्न गर्नका लागि स्थानीय प्रशासन बाट उपयुक्त कार्य वातावरण निर्माण गर्न आवश्यक समन्वय ,सहकार्य  सहजीकरण गर्ने प्रतिविद्वतासमेत व्यक्त गरिएको छ ।

उक्त बैठकको क्रममा विपदकाे समयमा भएका उद्धार राहत एवम् विपद पश्चातको  पुनर्निर्माण र पुनर्स्थापना का विषयमा समेत द्विपक्षीय छलफल भएको छ हाल बाढीका कारण नेपाल चिन जोडने मितेरी पुल पुर्णरूपमा क्षति भई सिमा नाकाबाट हुने  नेपाल चिन सडक सम्पर्क नै अवरुद्ध भएको  अवस्था मा दुई देशका सरकार हरू विचमा भएको समझादारि बमोजिम उक्त सिमा नाकाबाट अवरुद्ध सडक सम्पर्क शिध्र सुचारु गर्न अस्थायी रूपमा वेलिब्रिज निर्माणका लागि साउन १० गते दुवै देशका समकक्षी हरू बिच मा निर्माण स्थल वाटै भर्चुअल बैठक सम्पन्न भएको हो।