बाग्मती नदीमा डुबेर एक जनाको मृत्यु,  एक बेपत्ता 

8.18k
Shares

रौतहट ।

 हिन्दुधर्माबलम्बिहरुले श्राबण महिनालाई शिव भगवानको विशेष पूजा आराधना, उपासना र व्रत बस्ने विशेष महत्वको रुपमा लिनुको साथै भक्तालुहरुले शिव भगवान लाई जल चढाएर आस्था जगाउने गर्दछन् । आस्थाकै बीच शिव भगवानको पूजा गर्न नुहाउने क्रममा रौतहटको बागमती नदिमा डुबेर बर्षेनी मानबीय क्षती हुदै आएको छ ।

 सोही क्रममा चन्द्रपुर नगरपालिका–१ मा रहेको नुनथर क्षेत्रको शिव भगवानलाई जल चढाउन आएका दुई भारतीय नागरिक शुक्रवार बाग्मती नदीमा डुबेर बेपता भएका मध्ये एकको शब शनीबार भेटिएको छ भने अर्का बेपत्ता  रहेका छन् । शब भेटिएकामा भारतको बिहार राज्य सीतामढी जिल्लाको ग्राम जमुआहा  १ पञ्चायत मठिया निवासी १४ वर्षीय पवनकुमार साह रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

 उनको शब करिब १ सय ५० मिटर दक्षिणमा रहेको झोलुङ्गे पुल नजिकै तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक रुपा लाबुङ्गले बताए । अर्का २२ वर्षीय नीतिश भन्ने सञ्जीव कुमार राउत बेपता रहेका छन्  । साहका परिवारले बेपत्ता भएको जानकारी गराएपछि प्रहरीले खोजी गर्ने क्रम जारी छ।