काठमाडौं ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार गत एक वर्षमा १३३ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा परेका छन्। २०८१ साउनदेखि २०८२ असार मसान्तसम्म बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता तथा निर्माण कम्पनीहरू सार्वजनिक खरिद ऐन २०६३ र नियमावलीअनुसार कालोसूचीमा राखिएको हो।
उक्त अवधिमा ५ कम्पनी कालोसूचीबाट हटाइएका छन् भने २० वटा कम्पनी निलम्बनमा परेका छन्। सर्त नपुर्ने कम्पनीलाई सार्वजनिक निकायको सिफारिसमा १ देखि ३ वर्षसम्म नयाँ खरिद प्रक्रियामा सहभागी हुन रोक लगाएको छ ।











प्रतिक्रिया