नेपाली कांग्रेसले स्याङ्जाका विपन्न परिवारलाई नयाँ घर हस्तान्तरण


काठमाडौं ।

स्याङ्जा–५, किचना सकी एकल महिला नानीमाया विकलाई नेपाली कांग्रेस बिरुवा गाउँपालिकाले नयाँ घर उपहारस्वरूप हस्तान्तरण गरेको छ। तरुणदल र नेविसङ्घसँगको सहकार्यमा तीन लाख ५० हजार खर्च गरेर निर्माण गरिएको दुई कोठे घरमा शौचालयसमेत रहेको छ। विकले आर्थिक अभावका कारण पुरानो घरको मर्मतसमेत गर्न नसकेको बताउँदै नयाँ घर पाएपछि सहज जीवन यापन गर्न सकिने बताउनुभयो।

सङ्घीय सांसद राजु थापाले विपन्न तथा असहाय परिवारलाई कांग्रेसले निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो। यस्तै, भीरकोट नगर समितिले पनि वडा नं ६ को चिउरेनीमा प्रेम माझी परिवारका लागि नयाँ घर निर्माण गरिरहेको छ।