काठमाडौं ।
खोटाङको फोक्सिङटारमा सुनकोशी नदीमा रहेको पक्की पुल बाढीले बगाएपछि सामान ढुवानीका लागि घिर्नी जडान गरिएको छ। सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत खोटाङ र उदयपुरको सीमामा पर्ने यो पुल बगिएपछि अस्थायी बेलीब्रिज राखिएको थियो, जुन पनि पानीको सतह बढेपछि जेठमा हटाइएको थियो।
हाल रसुवा–पाँचधारे सडक कालोपत्रको कामका लागि आवश्यक सामग्री ढुवानी गर्न ठेकेदार कम्पनी याक्थुम्हाङ–रेग्मी–चुरिया जेभीले घिर्नी जडान गरेको हो। पुल नहुँदा दिक्तेल–गाईघाट सडकखण्ड पूर्णरूपमा बन्द छ र यातायात घुर्मी–कटारी हुँदै आएको छ।











प्रतिक्रिया