काठमाडौं ।
सप्तरीको रूपनी गाउँपालिका–३, पौवा टोलमा शुक्रबार राति करेन्ट लागेर एक दलित दम्पतीको ज्यान गएको छ।
सिटी रिक्सा चार्ज गर्ने क्रममा ४७ वर्षीय बालेश्वर खंगलाई करेन्ट लागेपछि उनलाई बचाउने क्रममा उनकी ४५ वर्षीया पत्नी रामकुमारी खंगलाई पनि करेन्ट लागेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घटनास्थलमै दुवैको मृत्यु भएको थियो। मृतक दम्पतीका दुई छोरा रहेका छन्।
गाउँ शोकमा डुबेको छ भने गाउँपालिका अध्यक्षले पीडित परिवारलाई आवश्यक सहयोगको आश्वासन दिनुभएको छ। शव पोस्टमार्टमका लागि राजविराज पठाइएको छ।











प्रतिक्रिया