विद्यादेवी समर्थक युवा नेता सुरज खरेल एक वर्षका लागि निलम्बन


काठमाडौं ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई संघले एक वर्षका लागि निलम्बन गरेको छ। साउन ९ गतेको पदाधिकारी बैठकले उनलाई संगठनका सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

महासचिव रमेश चौलागाईद्वारा जारी पत्रअनुसार खरेलले संगठनको निर्देशन अवज्ञा गर्दै अराजक गतिविधि गरेकाले विधान अनुसार कारबाही गरिएको हो। खरेलले १०औं महाधिवेशनमा नेतृत्वविरुद्ध अभद्र व्यवहार, धम्की र सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको आरोप छ।

खरेलले इमेलमार्फत तीन पृष्ठको स्पष्टीकरण पठाएर सबै आरोप अस्वीकार गरेका छन्। आफू निर्वाचित भएको भन्दै निलम्बनलाई पूर्वाग्रही र अन्यायपूर्ण भनेका छन्। उनले समानान्तर कमिटी बनाउने चेतावनी पनि दिएका छन्।