काठमाडौं ।
रौतहटका जयप्रकाश साह तेली चार महिनादेखि युक्रेनको जेलमा छन्। पोर्चुगल जान दलाललाई १७ लाख रुपैयाँ बुझाएर भिजिट भिसामा यात्रा थालेका उनले युक्रेनमा अवैध प्रवेश गरेको आरोपमा हिरासतमा परेका हुन्।
उनकी पत्नी राजमती कुमारीले श्रीमानको उद्धारका लागि विभिन्न सरकारी निकायमा निरन्तर पहल गरिरहेकी छिन्, तर अहिलेसम्म कुनै ठोस सहायता प्राप्त भएको छैन। दलाल हिरेन्द्रप्रसाद साह तेलीले पैसा तिरेपछि जयप्रकाशलाई युक्रेन पुर्याएर सम्पर्क विच्छेद गरेका छन्।

युक्रेनमा हिरासतमा रहेका जयप्रकाशले स्वास्थ्यमा गिरावट आएको र छाती दुख्ने गुनासो गरेका छन्। राजमतीले बारामा ठगी मुद्दा दर्ता गरिसकेकी छन् र काठमाडौंमा पनि सरकारी निकायसँग सम्पर्कमा छिन्।
सरकारसँग उद्धारका लागि छिटो पहल गर्न परिवारले आग्रह गरेको छ।











प्रतिक्रिया