काठमाडौं ।
विभिन्न कारणले इरानको जेलमा थुनामा परेका पाँच नेपाली नागरिकलाई स्वदेश फर्काइएको छ। तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (IOM) को सहयोगमा उनीहरूलाई फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसअघि भारत सरकारको सहयोगमा नौ नेपाली नागरिकलाई तीन चरणमा उद्धार गरी नेपाल ल्याइएको थियो। इसराइल–इरान युद्धविरामपछि अवस्था सहज बनेपछि नेपालीको उद्धार सम्भव भएको मन्त्रालयले स्पष्ट पारेको छ। सरकारले सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिएको छ।











प्रतिक्रिया