काठमाडौ ।
नेपाल पत्रकार महासंघले श्रम ऐन, श्रमजीवी पत्रकार ऐन तथा श्रमसम्बन्धी सेवा, सुविधा सुनिश्चित नगरे आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ। महासंघका अनुसार श्रम अधिकार सुनिश्चित नगरेसम्म राष्ट्रव्यापी आन्दोलनको तयारी भइरहेको छ।
महासंघको हालै सम्पन्न बैठकले सञ्चारगृहमा कार्यरत श्रमिक पत्रकारहरूलाई पारिश्रमिक, सेवा-सुविधा नदिइएको, धम्की, कष्टकर सेवा शर्त लगायतका समस्या गम्भीर भएको भन्दै सरकार र सरोकारवालालाई तुरुन्त पहल गर्न आग्रह गरेको छ।
महासंघले श्रम समस्या समाधानका लागि तुरुन्त संवाद र छलफलमा आउन आग्रह गर्दै प्रदेश र शाखा समितिलाई तयारीमा रहन निर्देशनसमेत दिएको छ।












प्रतिक्रिया