१. जीवन न आँशु मात्रको भेल हो,
जीवन न हाँसो मात्रको खेल हो,
मानिस एकलौटी खुसी खोजिरहेछ,
जीवन आँशु र हाँसोको मेल हो ।
२. खासमा जीवनभित्र हाँसो खोज्ने नै होइन,
जीवनभित्र आँशु खोज्ने पनि त होइन,
हाँसो र आँशुभित्रै जीवन प्रकट हुन्छ,
जीवनभित्र हाँसो र आँशु खोज्ने होइन ।
३. जीवन बेलुनमा हावा भर्दा मस्किने बालकजस्तै हो
जीवन बेलुनबाट हावा फुस्किदा ठस्किने बालकजस्तै हो,
कसैले भरिदिएको हावा कुन पल निस्किन्छ, थाहा हुन्न,
जीवन बाढीमा फसेको ट्रक चालकको जस्तै हो ।
४. जीवन श्रमले अघि बढ्छ कुराको भ्रमले होइन,
जीवन इमानले सफल हुन्छ, बैमानि कर्मले होइन,
देश बेइमान, ठग र कुरौटेको इशारामा घिस्रीरहेछ
शुकर्मले बन्ने हो देश, कसैको दुश्कर्मले होइन ।
५. बुझ्न सके जीवन बाँचुन्जेलकैे छाली हो,
बुझ्न नसके जीवन शहरभित्रको नाली हो
बिग्रिन्छ जीवन आफ्नै खराव सोचाइले हजुर
राम्रोसोच राखे जीवन हराभरा बाली हो ।











प्रतिक्रिया