सभामुख घिमिरेद्वारा राष्ट्रपति पौडेललाई जेनेभा भ्रमणबारे जानकारी


काठमाडौं ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन् ।

भेटमा उनले आगामी जुलाई २९ देखि ३१ सम्म जेनेभामा हुने संसदका सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागीता सम्बन्धी जानकारी गराएका हुन्।

सभामुख घिमिरे २७ जुलाईमा सम्मेलनमा सहभागी हुन जेनेभा जाने कार्यक्रम रहेको छ।