काठमाडौं ।
नक्कली औषधि उत्पादन गरी अनलाइनमार्फत बिक्री वितरण हुने गरेको खुलासा भएको छ। औषधि व्यवस्था विभागले जनशक्तिको अभावका कारण प्रभावकारी अनुगमन गर्न नसक्दा यस्ता गतिविधिहरू बढ्दै गएका छन्।
स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधिमा यस्तो लापरबाही हुनु गम्भीर विषय हो। अनलाइन प्लेटफर्ममार्फत अनुमति बिना बिक्री गरिने औषधिहरूमा गुणस्तरको अभाव देखिएको छ, जसले बिरामीहरूको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खतरा बढाएको छ।
विशेषगरी सामाजिक सञ्जाल र अनलाइन सपिङ साइटहरूमार्फत विभिन्न ब्रान्डका औषधिहरू सजिलै खरिद गर्न सकिने अवस्था छ। तर तीमध्ये धेरैजसो औषधि न सम्बन्धित छन् न त गुणस्तरीय।
औषधि व्यवस्था विभागका एक अधिकृतका अनुसार, “अनुगमन गर्नुपर्ने ठाउँ धेरै भए पनि जनशक्ति र प्रविधिको अभावले गर्दा नियमित रूपमा अनुगमन गर्न सकिएको छैन।”
स्वास्थ्य विशेषज्ञहरू यसलाई सार्वजनिक स्वास्थ्यमाथिको सीधा आक्रमण मानेर नियन्त्रण र निगरानी प्रणालीलाई कडा बनाउन सुझाव दिएका छन्।
यस समस्याको समाधानका लागि औषधि वितरण प्रणालीलाई कडाइका साथ नियमन गर्नुका साथै अनलाइन कारोबारमा निगरानी बढाउन आवश्यक देखिएको छ।











प्रतिक्रिया