प्रतिनिधिसभामा तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक पेश हुँदै


काठमाडौं ।

प्रतिनिधिसभाको आजको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

उक्त विधेयक राष्ट्रियसभामा २०८१ असार ४ गते दर्ता भई चैत ४ गते पारित भएको हो। यो विधेयक आँखा स्वास्थ्य शिक्षा, अनुसन्धान, विशेषज्ञ सेवा तथा प्रविधिको विकासमार्फत उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी छ।