अस्ताए हेभी मेटलका गड फादरद प्रिन्स अफ डार्कनेस्


विश्व चर्चित सांगीतिक समूह ब्ल्याक सब्बाथका प्रमुख गायक तथा रियालिटी टिभी स्टार ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन भएको छ। उनलाई हेभी मेटल संगीतको गडफादर र प्रिन्स अफ डार्कनेसको उपनामबाट पनि चिनिन्थ्यो।
उनको निधन मंगलवार बर्मिघमस्थित निवासमा परिवारको बीचमा भएको एजेन्सीले जनाएको छ। ओस्बोर्नको निधन ब्ल्याक सब्बाथसँगको भव्य पुनर्मिलन कन्सर्ट पछि भएको हो।

केही हप्ता अघि मात्र उनले बर्मिधममा ब्याक टु बिगिनिङ नामक कन्सर्टमा प्रस्तुति दिएका थिए। उक्त कन्सर्टले झन्डै दुई दशकपछि ब्यान्डका मूल सदस्यहरूलाई पुनः एउटै मञ्चमा ल्याएको थियो। यो कन्सर्टलाई ओस्बोर्नको अन्तिम सांगीतिक विदाईका रूपमा प्रचार गरिएको थियो।

उनको वास्तविक नाम जोहन माइकल ओस्बोर्न हो। सन् १९४८ मा इंग्ल्यान्डको बर्मिघममा जन्मिएका उनले सन् १९६९ मा ब्ल्याक सब्बाथ स्थापना गरेका थिए, जुन ब्यान्डले आधुनिक हेभी मेटलको जग बसायो। आइरनम्यान, वार पिग्स, ब्ल्याक सब्बाथजस्ता गीत उनका चर्चित गीत हुन्। उनले गीत संगीतमा नया“ युगको शुरूवात गरेका थिए, जसमा अन्धकार, युद्ध र विद«ोहका विषयवस्तुलाई उठाइएको हुन्थ्यो। लागू औषधको दुव्र्यसन तथा अत्यधिक मादक पदार्थ सेवन गर्ने बानीका कारण सन् १९७९ मा उनलाई ब्यान्डबाट निस्काशन गरिएको थियो। ब्यान्डबाट निकालिएपछि उनको करिअर सकियो भन्ने अन्ुमान थियो। तर उनले संकटपूर्ण अवस्थामा आफूलाई सम्हाल्दै एकल करिअर शुरू गरेका थिए।

सन् १९८० मा आएको एल्बम ब्लिजर्ड अफ ओजमार्फत पुनः संगीत क्षेत्र कब्जा गरेका उनको आमा आई एम कमिङ होम, नो मोर टिएरर्स, बार्ट एक द मुन करिअरका चर्चित गीत हुन्। उनको क्रेजि ट्रेन अहिले पनि सर्वकालीन चर्चित रक गीतमध्ये एक मानिन्छ। एकल करिअरमा पनि विश्वभर १० करोडभन्दा बढी एल्बम बिक्री गर्न सफल उनले आफ्नो अनौठो, रहस्यमय र कहिलेकाही“ डरलाग्दो प्रस्तुति शैलीमार्फत प्रिन्स अफ डार्कनेसको उपाधि पाएका थिए। सन् १९८२ मा कन्सर्टको दौरान एक जीवित चमेरोको टाउको टोकेको घटनाले उनी अझ चर्चामा आएका थिए। यो घटनामा उनको शैली गलत भए पनि यसले उनको डार्क छविलाई अझ गहिरो बनाएको थियो।

म शैतान होइन, म केवल रक एन्ड रोल गायक हु’ उनले एक पटक भनेका थिए। उनका गीतहरूमा मृत्यु, नर्क, अन्धकार, आत्मा कहिलेका“ही पागलपन झल्काउने र विद्रोहजस्ता विषय प्रमुख हुने गर्दथे। उनले कहिले ब्ल्याक साब्बाथ ब्यान्डका प्रमुख गायकका रूपमा त कहिले एकल कलाकारका रूपमा आधा शताब्दीभन्दा बढी समयसम्म संगीतमा राज गरेका थिए। उनलाई मेटालिका, स्लिपनटदेखि पोस्ट मेलोनसम्म प्रेरणाका रूपमा लिने गर्छन्।