एमालेले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता रद्द, राजनीतिमा प्रतिबन्ध

27.17k
Shares

काठमाडौं ।

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीति गर्न नदिने निर्णय गर्दै उनीनविकरण गरेको भनिएको पार्टी सदस्यता रद्द गरेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकले राष्ट्राध्यक्षको हैसियतले पूर्वराष्ट्रपतिले कुनै दलको कार्यकर्ता वा नेता बन्न नहुने निर्णय लिएको हो।

तर उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र स्थायी समिति सदस्य कर्ण थापाले यो निर्णय संविधान, बहुदलीय जनवाद र नागरिक अधिकारविपरीत भएको भन्दै फरक मत राखेका छन्। थापाले यो निर्णय एजेन्डा बाहिरको भएको र प्रक्रियाविहीन भएको भन्दै राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

विद्या भण्डारीले पनि चुप लागेर नबस्ने संकेत दिँदै आफूलाई रोक्ने निर्णयको विरोध गर्ने बताएकी छन्।