काठमाडौंं ।
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकाल दिन विधान संशोधनको तयारी थालेको छ। पार्टी विधानको धारा ६४ हटाउने प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले तयार पारेका हुन्। तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली लगायतका नेताहरूले त्यसमा असहमति जनाएका छन्।
पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी प्रवेश रोक्ने ओलीको घोषणापछि आन्तरिक शक्ति संघर्ष थप चुलिएको छ। महासचिव शंकर पोखरेलले निर्णयले लोकतान्त्रिक मूल्य जोगाएको तर्क गरे पनि, भण्डारी पक्षले यसको भित्री उद्देश्य ओलीको सत्तामा टिकाइ रहेको ठहर गरेको छ।
यस घटनाक्रमबाट एमालेभित्रको शक्ति सन्तुलन, भण्डारीको रणनीतिक कमजोरी र ओली पक्षको संगठित तयारी झल्किएको छ। विधान महाधिवेशनबाटै अन्तिम निर्णय हुने भए पनि नेतृत्वका लागि शक्ति संघर्ष गहिरिँदै गएको छ।











प्रतिक्रिया