काठमाडौंं ।
आज प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ। बैठकमा ‘मानव बेचबिखन तथा ओसारपसार (पहिलो संशोधन) विधेयक, २०८१’ र ‘तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरिनेछ।
यस्तै, प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राष्ट्रिय सभाका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, र विधायन व्यवस्थापन समितिका बैठकहरू पनि बस्दै छन्।
समितिहरूमा हवाई सेवा, जलस्रोत विधेयक, र राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ।











प्रतिक्रिया