देशभर मनसुनको प्रभाव : केही भागमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह


काठमाडौं ।

हाल देशभर मनसुनको प्रभाव कमजोर भए पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

राति कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।