काठमाडौँ।
भेरी नदीमा टिपर खस्दा तीनजना बेपत्ता भएका छन् । मंगलबार राति जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको हो।
इलाका प्रहरी कार्यालय रिम्नाका अनुसार टिपरमा चालकसहित तीनजना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको रहेको बताइएको छ ।
बेपत्ताको खोजी गर्न रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिए प्रहरीको भनाइ छ। भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको र बेपत्ता भएकाहरुको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया