सेलेना र बेनी विवाह बन्धनमा बाँधिदै


चर्चित अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेज र संगीतकार बेनी ब्लान्कोले आगामी सेप्टेम्बर २०२५ मा विवाह गर्ने भएका छन्। क्यालिफोर्नियामा सम्पन्न हुने भनिएको समारोहलाई निकै निजी राखिने र केवल नजिकका आफन्त, साथीहरू तथा केही विशिष्ट पाहुनालाई मात्र आमन्त्रित गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सेलेना र बेनीको पहिलो भेट सन् २०१५ मा सेलेनाको एल्बम सेम ओल्ड लभमा सहकार्य गर्दा भएको थियो। संगीतको यही सहकार्यले उनीहरूलाई नजिक ल्यायो, जसपछि वर्षौंसम्म उनीहरू नजिकका मित्रको रूपमा रहे।

सन् २०२३ मा उनीहरू प्रेम सम्बन्धमा रहेको घोाणापछि उनीहरूबीचको सम्बन्धले नयाँ मोड लियो। धेरै समयसम्म आफ्नो सम्बन्धलाई गोप्य राखेपछि, उनीहरूले डिसेम्बर २०२४ मा आधिकारिक रूपमा इन्गेजमेन्ट गरेका थिए। सेलेनाले इन्स्टाग्राममार्फत ठूलो आकारको हिराको औँठीसहितको तस्वीर सेयर गर्दै आफू बेनीका साथ जीवन बिताउन तयार रहेको बताएकी थिइन्।

सेलेना गोमेज आफ्नो गीत विजाड्र्स अफ वेवर्ली प्ले बाट लोकप्रिय भएकी थिइन्। एक सफल गायिका र अभिनेत्री उनी रेयर ब्युटिजस्ता ब्रान्डमार्फत सौन्दर्य साधनमार्फत उद्यमीको रूपमा पनि स्थापित छन्। बेनी पनि प्रतिभाशाली संगीत निर्माता हुन्। जसले ब्रुनो मार्स, एड शीरन, केटी पेरी लगायत थुप्रै कलाकारका साथ हिट गीत निर्माण गरिसकेका छन्।