रसुवा।
चीन पट्टिको भूभाग लेन्देखाेला हुँदै आएको बाढीका कारण केरुङमा रोकिएका नेपालीहरु आज तातोपानी नाकाबाट नेपाल फर्किँदै छन् ।
चिनियाँ समय अनुसार बिहान सात बजे चिनियाँ सवारी साधनमा तातोपानी नाकातर्फ लागिसकेको चीनको केरुङमा रहेका सवारी चालक बद्रीबहादुर आचार्यले बताए।
उनका अनुसार नेपाल फर्कनेहरुमा मुख्य त बाढी गएपछि चीनले उद्धार गरेर केरुङ पुर्याएका नेपालीहरु रहेका छन् । तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरुका लागि काठमाण्डौसम्मको यातायातको व्यवस्था नेपाल सरकारले गरेको छ भने चीनतर्फ चिनियाँ सरकारले गरेको छ ।
फर्कनेमा सवारी चालक तथा बिरामी परेका र नियमित औषधी सेबन गर्ने र औषधि सकिएका गरी दुई सय तीन जना नेपालीहरु रहेको प्रमुख जिलला अधिकारी अर्जुन पौडेलले बताए ।
गत असार २४ गते लेन्देखोलामा आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएपछि उनीहरू केरुङमा अड्किएका थिए ।बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेसी–रसुवागढी सडक खण्ड सञ्चालनमा आएको भए पनि मितेरी पुल सञ्चालन नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काइएको हो।
रसुवागढी नाकामा पुल सञ्चालनमा नआएका कारण उनीहरूलाई चीन सरकारले सिन्धुपाल्चोक स्थित तातोपानी नाकाबाट नेपाल फर्काएको हो ।











प्रतिक्रिया