यस वर्षको मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक 


काठमाडौं

 मदन पुरस्कार गुठीले २०८१ सालको  मदन पुरस्कारका लागि छनौट भएका उत्कृष्ट पुस्तकहरूको सूची सार्वजनिक गरेको छ। मङ्गलबार एक प्रेस विज्ञप्ति जारी गर्दै गुठीले सात वटा कृतिहरूको नाम सार्वजनिक गरेको हो। जसमध्ये एक कृतिलाई मदन पुरस्कार अर्पण गरिनेछ।

यस वर्ष गुठीलाई प्राप्त २९९ पुस्तकहरूमध्येबाट उत्कृष्ट सात कृति छनौट गरिएको गुठीले जनाएको छ। 

उत्कृष्ट सूचीमा परेका कृतिहरू :

उरमाल – छुदेन काविमो

छालबाटो : कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल

दर्ज्यु संलाप – कुमारी लामा

पञ्चतत्त्वको पालाम – मनप्रसाद सुब्बा

बहुरुपी – श्रेयज सुवेदी

भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट-चीन सम्बन्ध र भारत) – सुधीर शर्मा

हिउँको गीत – तीर्थ गुरुङ

गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार अब उक्त सात कृतिबाट एक कृति छानिएर मदन पुरस्कार प्रदान गरिनेछ।