बलिउड अभिनेत्री तथा पूर्व मिस इण्डिया संगीता बिजलानीले हालै आफ्नो ६५औ जन्मदिन उत्साहपूर्वक मनाइन्।
मुम्बईमा आयोजना गरिएको विशेष पार्टीमा उनका नजकिका साथीभाइ र फिल्म क्षेत्रका चर्चित अनुहारको बाक्लो उपस्थिति थियो। भारतीय सञ्चार माध्यमका अनुसार सोही भीडमा एकाएक हलचल मच्चियो जब उनलाई जन्मदिनको शुभ कामना दिन आफ्नो व्यस्तताको वाबजुद उनका पूर्व प्रेमी तथा बलिउड अभिनेता सलमान खान पार्टीमा सहभागी भए। मुम्बईको बान्द्रामा आयोजित सो पार्टीमा सलमान आफ्नो सुरक्षा टोलीसहित पुगेका थिए।
सलमान सधै फोटोग्राफरहरूका अगाडि पोज दिन्थे। तर सलमान संगीताका साथ तस्विर खिचिरहदा केही गम्भीर देखिएका थिए। यद्यपि उनले एक सानो बच्चालाई देखे र बच्चासग कुराकानी गरेपछि उनको मुड परिवर्तन भएको थियो। केही समय पार्टीमा बसेपछि सलमान बाहिरिए। उनी संगीतालाई जन्मदिनको शुभ कामना दिन गएको भिडियो बाहिरिएपछि उनका फ्यानले संगीता र सलमान एक अर्काको हुन नसके पनि अझैसम्म सौहार्दपूर्ण सम्बन्ध कायम रहेको भन्दै तारिफ गरेका छन्।
एक समय बलिउडमा चर्चित जोडीको रूपमा चिनएिका सलमान र संगीताको सम्बन्धले ८० र ९० को दशकमा निकै चर्चा पाएको थियो। यहासम्म कि उनीहरूको विवाहको तयारी समेत गरिएको खबर बाहिरिएको थियो। सलमान खान र संगीता बिजलानीले सन् १९८६ मा एकअर्कासग डेट गर्न शुरू गरेका थिए।
उनीहरूको पहिलो भेट एउटा टेलिभिजन विज्ञापनको सेटमा भएको थियो। दुबै करिब १० वर्षसम्म प्रेमसम्बन्धमा रहे। यो सलमानको सबैभन्दा लामो प्रेम सम्बन्ध मानिन्छ। ‘हामीले विवाहको कार्ड छपाइसकेका थियौ, तर समारोह हुनु अघि सबै रोकियो।’ इण्डियन आइडल १५ को एउटा एपिसोडमा संगीताले खुलासा गरेकी थिइन्। पछि संगीताले सन् १९९६ मा क्रिकेटर मोहम्मद अजहरुद्दीनसग विवाह गरेकी थिइन्। तर सन् २०१० मा उनीहरूको सम्बन्ध विच्छेद भयो। सम्बन्धको अन्त्यपछि पनि उनीहरूबीच आत्मीयता र मित्रता कायम रहनु बलिउडमा उल्लेखनीय विषय मानिएको छ। संगीतापछि सलमान अभिनेत्री सोमी अली, ऐश्वर्या राय, क्याट्रिना कैफ, जरिन खान, डेजी शाह, युलिया भन्तुरलगायतका साथ प्रेम सम्बन्धमा रहेका थिए।











प्रतिक्रिया