गुरुङ समुदायको संस्कृति, परम्परा संरक्षण तथा नारी सशक्तीकरणको उद्देश्यसहित मिस एन्ड मिसेस गुरुङको शुभारम्भ भएको छ।राजधानीको सामाखुसीस्थित विशाल फुटसलमा आयोजित शुभारम्भ तथा ओरिएन्टेशन कार्यक्रम प्रमुख अतिथि कृषि मन्त्री रामनाथ अधिकारीको विशेष सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्य, अभिनेता सरोज खनाल, पूर्व सांसद मानकुमारी गुरुङ, पूर्व डिआइजी डा. देउती गुरुङ, जिनोपेका प्रमुख कार्यकारी अधिकृत प्रिजम प्रधान, नेपाल आइडल २०१७ का विजेता बुद्ध लामाको सहभागितामा एसके इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न कार्यक्रमको नेतृत्व प्रबन्ध निर्देशक शान्ता लामा तामाङले गरेकी थिइन्।
मिस एन्ड मिसेस गुरुङ प्रतियोगिताले गुरुङ महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई उजागर गर्नुका साथै गुरुङ समुदायको भेषभूषा, संस्कृति र परम्परा संरक्षणमा योगदान पुर्याउने उद्देश्य बोकेको छ।











प्रतिक्रिया