बन्ने भयो जदौ


जातीय विभेद तथा भेदभावका कारण अन्तरजातीय प्रेमजोडी तथा दम्पत्तिको कथामा निर्माण हुने फिल्म जदौको राजधानीमा आयोजित एक कार्यक्रमका बिच निर्माण घोषणा गरिएको छ।

कार्यक्रममा कलाकारहरू मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले प्रिति कौरद्वारा फिल्मका लागि लिखित मर्मस्पर्शी गीत वाचन गरेर माहौललाई स्तब्ध बनाएका थिए। कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविता मानिस ठूलो दिलले हुन्छ जातले हु“दैन वाचन गर्दै फिल्मको टाइटल अनावरण गरेका थिए।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको संयुक्त व्यानरमा काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्ने फिल्म भदौ पहिलो साताबाट सुटिङ प्mलोरमा जानेछ। निर्देशक अञ्जन शर्माले समाजका यथार्थ घटना र जनजीवनलाई मनोरञ्जनात्मक रूपले पर्दामा पस्कने बताए भने लेखकसमेत रहेका अर्का निर्देशक काजी लिम्बूले आफूले वर्षाै“देखि देखेर र भोगेर आएका वास्तविक जातीय विभेदकारी घटना र प्रसंगलाई फिल्ममा उतार्ने बताए।

अभिनेता मुकुन भुसाल र विनोद न्यौपानेले अहिलेसम्म गरेका भन्दा भिन्न पात्र र भूमिका फिल्ममा निर्वाह गर्न लागेकाले चुनौतीका साथमा सम्भावना पनि उत्तिकै रहेको बताए भने अभिनेत्री नीति शाहले फिल्ममा आफू मोर्डन भूमिकामा रहेको खुलासा गरिन्।

मुकुन, नीति, प्रभातपाल, विनोद र सन्ध्याका साथमा ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे) लगायतका कलाकारले अभिनय गर्ने फिल्ममा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमीत्रा देवकोटा, नारायण शास्त्री, गोकुल केसी, अर्जुन खड्का, काजी केसी, सृजना शर्मा र मनिष शर्मा सहनिर्माता रहेका छन्। दाङ र प्युठानका विभिन्न स्थानमा खिचिने फिल्ममा संगीत बाबुल गिरी र सरोज पोखरेल, कला निर्देशन चिरञ्जीवी भण्डारी र द्वन्द्व निर्देशन मिलन श्रेष्ठको रहनेछ।