हेटौंडा ।
मकवानपुरका गायक जनक लामाको तामाङ सेलो गीत म्हारला व्यापारी सार्वजनिक भएको छ।
गायक लामाले आफ्नो युट्युब च्यानल जनक लामामार्फत् गीतको अडियो संस्करण सार्वजनिक गरेका हुन्। कान्छीमाया थोकरस“गको युगल स्वरमा रहेको गीतमा प्रेम, बिछोड र सांस्कृतिक भावनालाई कलात्मकरूपमा प्रस्तुत गरिएको छ।
गीत सुशील तामाङले लेखेका हुन् भने संगीत चेतन लामाले संयोजन गरेका छन्। एरेन्ज जोगलाल लामाको छ।
गायक लामाले यसअघि सार्वजनिक गरेको गीतले पनि थुप्रै चर्चा बटुलेको थियो। गायक लामा मकवानपुरको बकैया गाउपालिका–७ निवासी हुन्।











प्रतिक्रिया