पूर्वमन्त्री गुप्ता अख्तियारमा बयानका लागि बोलाइए, भ्वाइस परीक्षण हुने


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बयानका लागि बोलाएको छ।

गुप्ताको घुस प्रकरणसम्बन्धी अडियो फरेन्सिक परीक्षणपछि आयोगले उनको भ्वाइस परीक्षण गर्न लागेको हो।

यसअघि अडियो क्लिप फरेन्सिक ल्याबमा पठाइएको थियो।

आयोगले सम्भावित मिलानका आधारमा भ्वाइस परीक्षण गर्न लागेको बताइएको छ।