बुटवल ।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१|८२ मा १ लाख ७० हजार ८० सवारीसाधन कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले तीबाट १७ करोड ८३ लाख रुपियाँभन्दा बढी जरिवाना संकलन गरेको छ । नम्बर प्लेट परिवर्तन, मापसे, ओभरलोड, अवैध भारतीय बस, इ–रिक्सा जस्ता विभिन्न कारणले कारबाही गरिएको हो।
अघिल्लो वर्षको तुलनामा यो वर्ष कारबाहीमा कमी आएको ट्राफिक प्रहरीका अनुसार टीभीआरएस प्रविधि लागू भएपछि प्रत्यक्ष निगरानी घटेको हो। यद्यपि, दुर्घटनाबाट मृत्यु हुने संख्या बढेको छ।
गत वर्ष ४९६ को मृत्यु भएकोमा यो वर्ष ५०६ पुगेको छ। पाँच हजारभन्दा बढी घाइते भएका छन्। सडक सुरक्षा सुनिश्चित गर्न ट्राफिक नियमको पालना, प्रविधिको सही प्रयोग र जनचेतना आवश्यक रहेको ट्राफिक कार्यालयले जनाएको छ।











प्रतिक्रिया