काठमाडौं ।
देशभर मनसुनी वायु सक्रिय रहँदा हाल अधिकांश स्थानमा बादल लागिरहेको छ भने कर्णाली, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका प्रमुख नदीहरू सतर्कता तहभन्दा तल छन्। ताप्लेजुङदेखि कञ्चनपुरसम्मका पहाडी जिल्लामा बहने साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना छ। साथै काठमाडौँ उपत्यकासहितका अन्य जिल्लामा पनि मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ।
सावधानी अपनाउन सम्बन्धित निकाय तथा नागरिकलाई अनुरोध गरिएको छ।













प्रतिक्रिया