बलिउड सधैभरी सौन्दर्य, प्रतिभा र ग्ल्यामरको केन्द्रबिन्दुको रूपमा रहदै आएको फिल्म नगरी हो। विगतको कुरा गर्ने हो भने यस नगरीमा धेरैजसो अभिनेत्रीहरू अभिनयको सीमाभित्र सीमित रहन्थे, तर अहिलेका पुस्ताका अभिनेत्रीमा यो धारणा परिवर्तन गरिरहेका छन्। अब उनीहरू केवल फिल्ममा अभिनय गरेर मात्र होइन, विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय भएर आफ्नो व्यावसायिक साम्राज्य विस्तार गरिरहेका छन्। बलिउड अभिनेत्रीहरूले आफ्नै ब्रान्ड स्थापना गरेर होस् वा स्टार्टअपमा लगानी गरेर होस्, केही न केही माध्यममार्फत यी अभिनेत्रीले आफूलाई सफल उद्यमीका रूपमा स्थापित गरिरहेका छन्। केवल मनोरञ्जनमा मात्र सीमित नरही समग्र उद्यमशीलता जगतमा प्रेरणाको रूपमा छाएका केही अभिनेत्री यी हुन् :

दीपीका पादुकाेण
दीपिका पादुकोण केवल अग्रणी अभिनेत्री मात्र होइनन्, उनी स्किनकेयर ब्रान्ड ८२ डिग्री र मानसिक स्वास्थ्य संस्था लीभ लभ लाफकी संस्थापक पनि हुन्। उनको यस किसिमको कामले अभिनय, व्यवसाय र समाज सेवाप्रतिको उनको सोचलाई झल्काउछ। आफ्नो पेशास“गै उनी सौन्दर्य र स्वास्थ्यको क्षेत्रलाई लिएर प्रभावशाली उद्यमी बनेकी छन्।

सोनम कपुर
फेसनप्रेमी पहिचान बनाएकी अभिनेत्री सोनम कपुरले बहिनी रिया कपुरस“ग मिलेर रेसन नामक ब्रान्ड शुरू गरेकी छन्। जसले सस्तो र फेसनेबल पहिरनलाई मिश्रण गर्दै युवा उपभोक्तालाई लक्षित गरेको छ। रेड कार्पेटबाट खुद्रा बजारसम्मको उनको सहज यात्राले सोनमको व्यक्तिगत ब्रान्डलाई नाफामा बदल्ने खुबी झल्काउछ।

अनुष्का शर्मा
अभिनेत्री अनुष्का शर्माले फेसन लेबल नुस एन्ड प्रोडक्सन हाउसको सह–संस्थापकको भूमिका निर्वाह गरेकी छन्। २०१७ मा लन्च गरिएको नुसमार्फत अनुष्काले आधुनिक र आरामदायक डिजाइनका कपडाहरू प्रस्तुत गर्छिन्। जसले महिलाहरूलाई स्टाइल र कम्फर्टको संयोजन प्रदान गर्दछ।

प्रियंका चोपडा
अभिनेत्री प्रियंका चोपडाले हेयरकेयर ब्रान्ड एनोमली र न्यूयोर्कस्थित भारतीय रेस्टुरेन्ट सोनालगायतका थुप्रै व्यवसाय सञ्चालन गरेकी छन्। सौन्दर्यदेखि आतिथ्य क्षेत्रसम्म उनले अन्तरमहादेशीय पोर्टफोलियो निर्माण गरेकी छन्। ग्लोबल सोच र निडर महत्वाकांक्षाले उनलाई व्यापार व्यवसायमा पनि सफल बनाएको छ।

आलिया भट्ट
अभिनेत्री आलिया भट्टले इटरनल सनसाइन नामक प्रडक्सन हाउस सञ्चालन गर्दै आएकी छन्। उनले बच्चाहरूको कपडा इद अ मम्मा ब्रान्ड पनि शुरू गरेकी छन्। यो कम्पनीले आमा र बच्चाहरूका लागि टिकाउयुक्त र वातावरणमैत्री विकल्प रोज्दै आकर्षक डिजाइनका कपडा तयार पार्छ।











प्रतिक्रिया