काठमाडौं ।
लामो समयको प्रतीक्षापछि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामी ३१ भदौमा हुने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री ओली ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुहुने र भोलिपल्ट असोज १ गते साँझ फर्कने कार्यक्रम तय भएको छ ।
स्रोतका अनुसार दुई देशबीचको प्रधानमन्त्रीस्तरीय भेटघाट भए पनि भारत र नेपालबीचमा ठूला एजेन्डाहरूमा प्रवेश गरी छलफल गर्ने कार्यक्रम भने हालसम्म तय भएको छैन् । ‘दुईपक्षीय सम्बन्धलाई अझै बलियो र सौहार्द बनाउने, विगतका समझदारीहरूलाई निरन्तरता दिने र केही नयाँ परियोजनाहरूलाई अघि बढाउनेतर्फ भ्रमण केन्द्रित हुनेछ ।’ स्रोतले भन्यो ।
स्रोतका अनुसार त्यसअघि दुईपक्षीय सीमा व्यवस्थापन समूह (बोर्डर वर्किङ ग्रुप) को गृहसचिव स्तरीय बैठक दिल्लीमा बस्ने तयारी छ । नेपालले तयारी शुरू गरिसकेको छ ।











प्रतिक्रिया