मोडलिङ रियालिटी शो द फेस नेपाल भोल्युम ५ को शीर्ष उपाधि पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले चुमेका छन्।
राजधानीको होटल सोल्टीमा भएको फिनालेमा उनीहरूले उपाधिसगै जनही ३ लाख ५० हजार रुपैया नगद पुरस्कार जितेका छन्। यू क्यान प्लाई मोडलिङ एजेन्सीद्वारा आयोजित प्रतियोगितामा गणेश क्षेत्री र एलिना चौधरी फस्ट, एलेन थापा र प्राश्ना श्रेष्ठ सेकेन्ड तथा इर्भान वीर कंशकार र प्रतिष्ठा रिजाल थर्ड रनर्सअप भए।
कम्पनीकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपाली मोडललाई नेपालमै उनीहरूको प्रतिभा चिनाउन र मोडलिङ गर्नकै लागि विदेश जानु नपरोस् भनेर प्रतियोगिता गरिएको बताइन्। एजेन्सीका संस्थापक सम्शाद शाहले प्रतियोगिता मोडलहरूका लागि उपयुक्त प्लेफर्म बनेको बताए।











प्रतिक्रिया