देउडामा लाली पाउडर लाया जसी


सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत लाली पाउडर लाया जसी सार्वजनिक गरिएको छ।
गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको स्वरमा प्रस्तुत गीतले लोकशैलीमा आधारित समसामयिक सन्देश बोकेको छ। गीतका शब्द र संगीत स्वयं संगीत बडुवालले तयार पारेकी छन्।

मिराजविक्रम सिंहको निर्देशन र नृत्य निर्देशनमा तयार बनेको गीतको भिडियोमा दीपकसंगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास), गणेश जीसी र मीना बडुवालले अभिनय गरेका छन्। भिडियोमा छायांकन र रंग संयोजन अमित बीके तथा दृश्य सम्पादन राजेश बोहराको छ। गीतको भिडियो गायक रोशनको युट्युबमार्फत सार्वजनिक गरिएको हो।