भण्डारीको प्रश्न ओलीलाई– सदस्यता नवीकरण भइसकेको, विवाद किन?

6.49k
Shares

काठमाडौं ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटमा आफ्नो दुई वर्षअघि नै नवीकरण भइसकेको सदस्यताको विवादप्रति चासो व्यक्त गरेकी छन्। आइतबार च्यासलस्थित पार्टी कार्यालयमा भएको दुई घण्टा लामो ‘वान टु वान’ वार्तामा भण्डारीले सदस्यता विषयमा प्रश्न उठाउँदै पार्टी विधानको धारा ९(३) पनि स्मरण गराएकी हुन्।

भेटपछि भण्डारीले संवादलाई सामान्य राजनीतिक प्रकृया भनेकी छन् भने पार्टी नेताहरूले भेटलाई सकारात्मक ठहर गरेका छन्। सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले उक्त भेटबारे ब्रिफिङ गर्ने तयारी छ। बैठकमा विधान महाधिवेशन, संशोधन प्रस्ताव र संगठनात्मक विषयमा छलफल हुनेछ।