रसुवा।
गत असार २४ गते मंगलवार आएको बाढीका कारण भत्किएको स्याफ्रुबेँसी रसुवागढी सडकखण्ड आइतबारबाट सञ्चालनमा आएको छ ।
गल्छी- त्रिशूली – मैलुङ- स्याफ्रुबेँसी-रसुवागढि सडक आयाेजनाकाे इन्जिनियर रूप नारायण पौडेलका अनुसार लिङलिङकाे सडक मर्मत तथा निर्माण गरे संगै १२ दिन पछि सडक सञ्चालनमा आएको हाे ।
चिनकाे लेन्दे खाेलावाट आएको बाढीले रसुवागढी देखि स्याफ्रुबेँसीसम्म १० ठाउँमा कटान गरेकाे थियाे ।कटान गरेकाे दुवै तर्फ काम गरि अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउन सफल भएकाे आयाेजनाले जनाएकाे छ ।
हाल ट्याक मात्रै खुलाएकाेले तत्कालै सानाे गाडी मात्रै चलाउने र थप मर्मत पछि ठुलाे गाडिहरू पनि चलाउन मिल्ने वताईएकाे छ ।
नेपाल र चीनको सिमाना रसुवागढीमा चीन तर्फबाट पनि कटान गरेका भागहरुको मर्मत तथा लेन्दे खोलामा तत्काल बेलिबृज निमार्णका लागि चिनीयाँ पक्षले काम गरिरहेकोले रसुवागढीमा पनि बेलिबृज छिट्टै निमार्ण हुनेछ ।।
रसुवा बाढीले बगाएको नेपाल–चीन रसुवागढी नाकामा अस्थायी मितेरी पुल निर्माण सुरु भएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल फेसबुकमा आइतबार एक पोस्ट गर्दै यस्तो जानकारी गराएको हो । दूतावासले अस्थायी पुल निर्माण भइरहेको भिडियो समेत सार्वजनिक गरेको छ ।
यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चिनियाँ राजदूत चेन सङबीचको भेटमा मितेरी पुल दसैं अगाडि नै अस्थायी रूपमा सञ्चालनमा ल्याउनेबारे छलफल भएको थियो ।
भेटमा चीनले पुल निर्माणको प्रतिबद्धता गरेको समेत मन्त्रालयले जनाएको थियो ।











प्रतिक्रिया