काठमाडौ ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा एमालेका सांसदहरुले संघीय निजामती विधेयकमा हालेको संशोधन आपत्तिजनक भएको बताएका छन्।
उनले यसलाई गठबन्धनका दलहरूको सहमति र समितिमा भएको सर्वसम्मति विपरीत कदम ठहर गर्दै एमालेको “दोहोरो चरित्र” र “धोका”को रूपमा व्याख्या गरेका छन् ।
कोइरालाले आफ्नो फेसबुक पोस्टमा भनेका छन्, “एमालेले हालेको संशोधन देश, जनता, लोकतन्त्र र गठवन्धनप्रति धोका हो।” कोइराला भने, “नेपाली कांग्रेसले यस बारेमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ र सबै दल मिलेर यसलाई पास हुन दिनु हुँदैन।”
कोइरालाले भनेका छन् कि ‘कुलिङ पिरियड’ स्थिति यथावत रहनेछ र यसबाट कोही दुविधामा नपर्ने कुरा स्पष्ट गरे। अब कांग्रेस पार्टीले एमालेको समग्र दृष्टिकोण बुझ्नको लागि औपचारिक जवाफको माग गरिरहेको छ।












प्रतिक्रिया