जुरेमा पहिरो, अरनिको राजमार्ग अवरुद्ध


काठमाडौं ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८, जुरेमा आइतबार बिहान पहिरो खसेपछि अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।

सडक विभाग र स्थानीय निकायको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका एसपी नरेश सुवेदीले जानकारी दिएका छन्।

लगातारको वर्षाका कारण सडकमा लेदो र ढुङ्गा मुढा खसेको हो।