ललितपुर ।
पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा ललितपुर महानगरपालिकाले आज शोक बिदा दिएको छ। साउन ३ गते शनिबार ८९ वर्षको उमेरमा निधन भएका बज्राचार्यको सम्मानमा अत्यावश्यक सेवा बाहेक महानगरका सबै कार्यालय बन्द रहने सूचनामा जनाइएको छ।
विभिन्न कालखण्डमा नगर प्रमुखको जिम्मेवारी सम्हालेका बज्राचार्यले सहरको विकासमा महत्वपूर्ण योगदान गरेका थिए। महानगरले उनको निधनले अपूरणीय क्षति पुगेको भन्दै श्रद्धाञ्जली अर्पण गरेको छ।












प्रतिक्रिया