काठमाडौँ ।
सरोकार केन्द्रको आयोजनामा सामाजिक सचेतनामूलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रहरी महानिरीक्षक ९आईजीपी० सर्वेन्द्र खनाल रहेका थिए भने सभाध्यक्षत्व केन्द्रका अध्यक्ष गोविन्द पन्थीले गरेका थिए।
अन्तर्क्रियामा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, शंखरापुर नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, निवर्तमान नगरप्रमुख सुवर्ण श्रेष्ठ, समाजसेवी निरञ्जन पुडासैनी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीको उद्धारमा क्रियाशील युवा समाजसेवी ज्ञानेन्द्र गुरुङलाई सम्मान गरिएको थियो। गुरुङले विगत केही वर्षदेखि वैदेशिक रोजगारमा फसेका नेपाली कामदारहरूको उद्धार तथा पुनःस्थापनामा सक्रिय भूमिका निभाउँदै आएका छन्।
सरोकार केन्द्रले सामाजिक विकृति–विसंगति, दुव्र्यसन, मानव बेचबिखन र साइबर अपराधजस्ता मुद्दाहरूमा जनचेतना फैलाउने उद्देश्यले प्रभातफेरी कार्यक्रम समेत आयोजना गरेको थियो। प्रभातफेरीमा स्थानीय बासिन्दा, युवा र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रम सञ्चालन केन्द्रका महासचिव जीवन शर्मा खनालले गरेका थिए। अन्तर्क्रियामा वक्ताहरूले समाजमा बढ्दो अपराध, वैदेशिक रोजगारमा देखिएका समस्याहरू र युवाहरूलाई लक्षित आपराधिक गतिविधिबाट जोगाउन सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमले सामाजिक सचेतनाको सन्देश प्रवाह गर्दै सक्रिय युवा तथा सरोकारवालालाई एक ठाउँमा ल्याउने प्रयास गरेको आयोजकले बताएका छन्।











प्रतिक्रिया