हेवा खोलामा बाढी, मेची राजमार्ग अवरुद्ध


काठमाडौं ।

लगातारको वर्षापछि हेवा खोलामा आएको बाढीले डाइभर्सन भत्काउँदा मेची राजमार्ग अवरुद्ध भएको छ। पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार पानीको बहाव घटेपछि डाइभर्सन मर्मत गरी यातायात सुचारु गरिनेछ। राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङ र पाँचथरका तीन पालिकामा सवारी आवागमन ठप्प भएको छ।

यसअघि पनि बाढीले पुल र बेलिब्रिज बगाएपछि डाइभर्सनमार्फत यातायात चलाइएको थियो। साथै, तमोर करिडोर पनि पहिरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।