काठमाडौं ।
देशभरका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई विपद् प्रतिकार्यका लागि उच्च तयारी गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले नदी किनार, होचो भूभाग तथा पहिरोको जोखिम भएका स्थानका जनतालाई सतर्क रहन र स्थानीय प्रशासनको सूचनालाई पालना गर्न अपिल गरेका छन्।
प्रचण्डले पार्टीका कार्यकर्तालाई राहत तथा सुरक्षाका उपायहरूमा सक्रिय रहन, समयमै सूचना दिन र विपद् व्यवस्थापनमा सहयोग पुर्याउन निर्देशन दिएका छन्।












प्रतिक्रिया