बियोन्सेको अप्रकाशित गीत चोरी


विश्वप्रसिद्ध पपस्टार बियोन्सेको अप्रकाशित गीतसहितको हाडड्राइभ र अन्य महत्त्वपूर्ण सामग्री चोरी भएको छ।
हालसालै काउब्वाय कार्टर टुरको दौरानमा भएको चोरीमा बियोन्सेका विभिन्न व्यक्तिगत सामग्रीका साथै महत्वपूर्ण गीत संगीत र दस्तावेजसहितको हार्डड्राइभ हराएपछि उनले प्रहरीको साहरा लिन पुगेकी हुन्।

बियोन्सेका कोरियोग्राफरले भाडामा लिएको गाडीबाट चोरी भएको सामानमा वाटरमार्क गरिएको संगीत फाइल, अप्रकाशित गीतहरू, फुटेज, सेट लिस्ट, दुई ल्यापटप, हार्डड्राइभ, कपडा, टम फोर्डका चश्मा, म्याकबुक एयरलगायतका उपकरण रहेका छन्।

प्रहरीले एक संदिग्धलाई पक्राउ गर्ने प्रक्रिया चलाएको छ। चोरीमा बियोन्सेका कोरियोग्राफर क्रिस्टोफर ग्रान्ट र उनको ब्याकअप डान्सर डायन्ड्रे ब्लुसग सम्बन्धित सामान पनि हराएका छन्।

बियोन्सेले जुलाई १०, ११ र १३ मा मर्सिडिज–बेन्ज स्टेडियममा आफनाे कन्सर्ट दिइसकेकी छन् एटलान्टामा आगामी सोमबार राति आफ्नो अन्तिम कन्सर्टको तयारीमा छिन्। उनले जुलाई २५ मा लस भेगासमा पनि प्रस्तुति दिनेछिन्।