बाटो : रोड टु डेथका निर्देशक मदन थापाको निर्देशनमा फिल्म परिवारको राजधानीमा शुभमुहूर्त गरी छायाकंन शुरूवात गरिएको छ।
अधिकांश छायाकंन काठमाडौंमा हुने फिल्मका निर्देशक थापाले आगामी भदौ २७ गते रिलिज हुने फिल्म अभिमन्यु : च्याप्टर–१ मा क्रिएटिभ निर्देशकको रूपमा काम गरेका छन्। फिल्मको अनाउन्समेन्ट पोस्टरमा एक पुरुष, दुई महिला र एउटा बच्चा गरी चार व्यक्ति छन्। सगै कुकुर र बिरालो पनि छन्। परि छुट्टै लेखिएको छ भने बाकी अंग्रेजीमा डब्ल्यूएआर अर्थात् वार लेखिएको छ। यसले परिवारमा रहेको द्वन्द्वको संकेत गरेको छ। परिवारका सदस्यका साथमा रहेको कुकुर र बिरालोले मिल्न नसकेको परिवारको संकेत गर्छ।
रे अफ आर्टको ब्यानरमा किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा र स्प्रान्जा क“डेलको लगानीमा निर्माणाधीन फिल्ममा कथा प्रेम थापा र गणेश उपाध्याय, कथा निर्देशन निर्देशक थापा, स्टाइल डिरेक्सन विशाखा बिक्रम थापा, एक्सन एनबी महर्जन, डिओपी निरज क“डेल र सिनेमेटोग्राफी विशेष महर्जनको रहेको छ। शेर शाही क्रिएटिभ डिरेक्टर रहेको फिल्ममा वारिस सोना लाइन प्रोड्युसर र रमेशबहादुर शाही कार्यकारी निर्माता रहेका छन्।











प्रतिक्रिया