घण्टी बज्दछ बिहान सबेरै,
मन्दिरको आँगन, शान्त धेरै।
धुनको तरङ्ग, शून्य चिराउँछ,
मनको द्वार बिस्तारै खोलाउँछ।
हिन्दू, बौद्ध — धर्म जेसुकै,
उर्दू, हिन्दी, नेपाली — सबै।
अर्थमा एउटै, भावनामा गहिरो,
एकताको प्रतीक, स्वर पवित्र ओझिलो।
पूजामा, पर्वमा, शुभ घडीमा,
घरघरमा गुञ्जन्छ पवित्र धुनमा।
विद्यालयको प्राङ्गणमा रमाउँछ,
अनुशासनको स्वर बगाउँदै चम्काउँछ।
सभा–समारोहमा सन्देश बनी,
जागरण ल्याउने स्वर नै हो भनी।
अब त्यो घण्टी मन्दिरमा मात्र छैन,
जनताको मुटुमा बग्दछ, कतै रोक छैन।
गाउँ–गल्ली र शहरहरूमा,
चेतनाको स्वर आत्माहरूमा।
ब्युँझाइरहेछ आशाको पुकार,
केही गरौँ भन्ने जन–नारा सार।
बालकको सपना, तन्नेरीको आशा,
वृद्धको आशीर्वाद, मनभित्रको भाषा।
भन्छ घण्टी — अब समय फेरिन्छ,
नयाँ युग बोकी इतिहास लेखिन्छ।
वर्ष चौरासी नजिक छ आज,
बज्नुपर्छ घण्टी घरघर साँझ।
सत्यका सेनानी तयार छन् भनी,
रास्वपाको जित — जन–निर्णय बनी।
सानो देखिने तर, अर्थमा गहिरो,
घण्टी हो परिवर्तनको स्वर पवित्र र ओझिलो।
अनुशासन र आस्था, समयको सङ्कल्प,
विशुद्ध राजनीतिमा बनोस् अखण्ड विकल्प।
स्वास्थ्य र शिक्षाबाट जो छन् टाढा,
तिनका लागि घण्टी होस् उज्यालो आभा।
शक्ति, सम्भावना, न्याय र दृढता,
बोल्दछ घण्टी — गरिबको व्यथा।
यो आर्तनादबाट छुटकारा पाउन,
शङ्खघोष गरौँ — नयाँ बाटो चिन्न।
यो अभियान हो — आशाको जोस,
शुद्धताको लहर, सत्यको घोष।











प्रतिक्रिया