एमाले बैठकमा उमेर सीमा र अध्यक्षको कार्यकालबारे छलफल


काठमाडौं ।

नेकपा (एमाले) को पोलिटब्युरो तथा स्थायी समिति बैठकमा पार्टी नेताको उमेर हद तथा अध्यक्षको कार्यकालबारे गम्भीर छलफल भएको छ ।

स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार ७० वर्षको उमेर हद राख्ने वा नराख्ने र अध्यक्ष दुई कार्यकालमा सीमित हुने नहुने विषयमा नेताहरूले आ–आफ्नो धारणा राखेका छन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारीको सम्भावित राजनीतिक पुनरागमनबारे पनि छलफल भएको छ ।

जिल्लादेखि केन्द्रसम्मको समन्वय र कार्यकारी संरचना बनाउनेबारे पनि सुझाव आएको गौतमले बताए । हालसम्म ३२ नेताले धारणा राखिसकेका छन् भने ४० जना अझै बाँकी छन् ।

अध्यक्ष केपी शर्मा ओलीले बैठक आजै सक्ने रुलिङ दिएका छन् ।